वाग्मती प्रदेशले ल्यायाे ७० अर्ब ९३ करोड ९२ लाख बजेट
नेपालखोज
२०७९ असार १ गते १८:३५

हेटाैंडा । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियाेजन गरेकाे छ ।
वाग्मती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया