सुनचाँदीकै भाउ बढ्याे
नेपालखोज
२०७९ असार २ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सयले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ८ सयले बढेकाे छ ।आज तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया