१६ जनामा कोरोना, १४ जना डिस्चार्ज
नेपालखोज
२०७९ असार २ गते १७:५९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ३८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार २३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ९५ जना सक्रिय संक्रमित छन् ।
चौबीस घण्टामा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । १४ जना भने संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । गत चौबीस घण्टामा थप १ लाख ३ हजार १३३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया