संसद् बैठक बस्दै, विभिन्न विधेयक प्रस्तुत हुँदै
नेपालखोज
२०७९ असार ३ गते ७:४०

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस हुने कार्यसूची रहेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्नेछन् । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया