बिहीबार, वैशाख १३, २०८१

फन फ्याक्टरमा ओप्पो फाइन्ड एनको भूमिका अग्रणी

नेपालखोज २०७९ असार ३ गते १५:०४

काठमाडौं । ओप्पोको पहिलो फोल्डेबल फ्लागसिप स्मार्टफोन, ओप्पो फाइन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरूका बारेमा चर्चाको अग्रभागमा छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणका लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल आईओ की नोटमा प्रदर्शन गरिएको थियो ।

थप रुपमा, ओप्पो फाइन्ड एन एण्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोनमध्ये एक हो । ओप्पोले, ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरूका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ । फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बिटा ओप्पो फाइन्ड एकस प्रो फ्लासिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध छ ।

ओप्पोका लागि नवप्रवर्तन भनेको सफलताका प्रविधिहरू समावेश गर्नु मात्र नभएर कमजोरीहरू पहिचान गर्ने र प्रयोगकर्ताहरूलाई सशक्त बनाउन नवीन समाधानहरू डिजाइन गर्नेबारे हो । ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भने ‘ओप्पो फाइन्ड एनले प्रविधिको उन्नति मार्फत प्योगकर्ताहरूलाई सशक्त बनाउन ओप्पोको अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्दछ । गुगलसँग मिलरे काम गर्दै, हामी यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौँ ।

ओप्पो फाइन्ड एनमा रहेको एन्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेका लागि अनुकूल नयाँ सुविधाको दायरा समावेश गर्दछ ।

थप रुपमा, मे १२ मा गुगल आईओ को दोस्रो दिन पछि, ओप्पो र गुगल ईन्जिनियरहरूले संयुक्त रपमा नयाँ स्मार्टफोन फर्म फ्याक्टरहरूको भविष्य हार्डवेयर, सफ्टवेयरले कसरी राम्रोसँग काम गर्न सक्छन् भन्ने बारेमा गहन छलफलको लागि ईन्स्टाग्राम लाईभ सेसनको आयोजना गरेका थिए ।

सुधारिएको प्रयोगकर्ता अनुभवका लागि, सहभागिहरूले गुगलबाट एन्ड्रोइडमा यु एक्स का निर्देशक कर्नवेल समावेश गरेका थिए् । ओप्पो सफ्टवेयर उत्पादन प्रमुख ग्यारी चेन र ओप्पोका वरिष्ठ यु एक्स डिजाइनर पनि यस सेसनमा सहभागी थिए ।

प्रतिक्रिया