आइतबार, वैशाख २३, २०८१

त्रिपुरेश्वरमा अर्बन फुडको पहिलो रिटेल आउटलेट (तस्बिरसहित)

नेपालखोज २०७९ वैशाख २३ गते १६:१५

काठमाडौं । अर्बन मार्टले त्रिपुरेश्वरमा अर्बन फुडको पहिलो रिटेल आउटलेट खोलेको छ ।

अर्बन फुड काठमाडौँमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो । यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरूलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको छ । अर्बन फुड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फुड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मिट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाटजस्ता खाद्य विशेषज्ञहरू छन् ।

अर्बन फुडका गुणस्तरीय उत्पादनहरूले एक दशकदेखि ग्राहकको मन जित्दै आएका छन् । ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरू जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरूमा सहज रुपमा उपलब्ध छन् ।

अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारी भन्छन्, ‘हाम्रा मूल्यवान् ग्राहकलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौँ । खुसी बाँड्नका लागि हामीले सुरुवातको दिन प्रशोधित उत्पादनहरूमा ३०% छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५ प्रतिशत छुट प्रदान गर्नेछौँ ।’

नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरूका साथै अनलाइन विक्रेता, होटल र रेस्टुरेन्टहरूलाई पनि सहज हुनेछ । मार्टको ठीक पछाडि अर्बन फुडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यही माथि अर्बन फुडकै केन्द्रीय कार्यालय रहेको छ । विशेष मूल्यहरू, सदस्यता कार्यक्रमहरू, केन्द्रीय स्थान र पार्किङ सुविधाहरू बाहेक, अर्बन मार्टको अर्को विशेषता भनेको यसमा समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरू पाइनु हो जुन अर्बन मार्ट मार्फत मात्र लिन सकिन्छ ।

प्रतिक्रिया