महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौंडा ११ स्थित कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिममा १७ वटा गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरूको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी बैंक हो ।

प्रतिक्रिया