अन्तर्राष्ट्रिय गुणस्तरको छवि बनाउँदै सीजी ब्रान्ड

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सीजी ब्रान्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सीजी ब्रान्ड विषेशगरी सम्पूर्ण नेपालीहरूलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो ।
ई.सं. २००५ देखि सीजीले टेलिभिजन र डि.भि.डिहरू आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु गर्यो । आफ्नै देशमा बनाउने हुनाले सीजी मा नेपालीपन झल्किन्छ । सफलता पुर्वक सीजीले आफ्ना सामाहरू बजारमा विक्री वितरण गर्न सुरु गरेपछि सीजीले आफ्ना सामानहरूमा अझै बढि रेन्जहरू थप्दै गयो । जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, ए.सी., साना घरायसी सामानहरू, सि.एफ.एल. बल्भ, एल.ई.डि. टि.भी., एल.ई.डि. लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरू रहेका छन् । छोटो समयमा नै सीजीले धेरै भन्दा धेरै सामानहरू आफ्नो ब्रान्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल भयो ।
नेपालको एक मात्रै आई.एस.ओ. ९००१ः२०१५ बाट प्रमाणित सीजी ब्रान्ड, गुणस्तरिय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपुर्ती गर्ने सीजी ब्रान्डको प्रमुख दृष्टिकोण रहेको छ ।
नेपाली बजारमा लिडिङ ब्रान्ड र गौरभवान्तित नेपाली ब्रान्ड बन्ने उद्देश्यका साथ सीजी अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सीजी ब्रान्ड पुर्याउने यसको प्रमुख उद्देश्य रहेको छ ।
आफ्नो लगनशिलता र अथक मेहनतको साथ सीजी ब्रान्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्रान्ड बन्न सफल भएको छ । हल सीजीमा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरू उपलब्ध छन् । यी सामानहरू विक्री वितरण गर्न सीजीले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ ।
नेपाल भरि ५०० भन्दा बढी डिलरहरू सक्रियताका साथ सीजी सँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरू रहेको हुनाले ग्राहक महानुभावहरूलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सीजीका सामानहरू उचित मुल्यमा गुणस्तर युक्त भएकै कारण आज सफल भएको छ । सीजी ब्रान्ड सफल हुनुमा सीजीका सम्र्पुण डिलरहरूलाई र सीजी सँग अबद्ध रहेर काम गर्नेहरूलाई नै सीजी आफ्नो सफलताको करक मान्दछ ।
त्यस्तै, सीजी ले हाल सम्म आफ्नै नेपाल भरि १३ ओटा डिजिटल सोरुमहरू पनि खोलिएको छ ।
सीजी ब्रान्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सीजीले सीजी ब्रान्डमा सिग्नेचर सिरिज “सीजी मेरिडिया” ल्याएको छ । यो सिरिजमा टि.भी., वासिङ मेसिन, ए.सी., रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्याँस स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरू आईसकेका छन् भने, अरु पनि प्रोडक्टहरू ल्याउने क्रम जारी नै रहेको छ । यी प्रोडक्टहरू देख्दा निकैनै आकर्षक र यसमा विशेषताहरू पनि निकैनै आकर्षक रहेको कारण यी प्रोडक्टहरूलाई सीजीले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ । अब नेपालीहरूले यी प्रोडक्टहरूको प्रयोगहरूबाट अन्तराष्ट्रिय ब्रान्डको अनिभुति प्रप्त गर्ने छन् ।

प्रतिक्रिया