रियलमी जिटी नियो ३ सँगै जिटी २ प्रो नेपालमा

नेपालखोज २०७९ असार ३ गते २१:४६

काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीले दुई रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेका छन् । छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको छ । 

रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो भने जिटी २ प्रो ले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको जनाएको छ ।

कम्पनीका अनुसार जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० प्रतिशत चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रो ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर,  नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५०% चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्ले सँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

रियलमी जिटो नियो ३

आधुनिक जीवनको साथमा, हालकाप्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्च स्तरको शक्ति, नियन्त्रणर प्रदर्शन क्षमता छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।

१५० वाटको साथ विश्वको सबैभन्दा छिटो चार्ज गर्ने स्मार्टफोन

ब्याट्रीको सन्दर्भमा, धेरैजसो प्राविधिक पारखीहरुसँग दीर्घकालिन प्रयोगको लागि उच्च माग छ, जसको अर्थ निर्माताहरुले ब्याट्री क्षमतालाई निरन्तर सुधार गर्नुपर्छ । यद्यपी्, यो मुख्य कारक होइन जब स्मार्टफोन छनोट गर्दा ब्याट्री क्षमता जति ठूलो हुन्छ, चार्जिङ समय त्यति नै लामो हुन्छ । तसर्थ, रियलमीले प्रयोगकताहरुका लागि प्रयोगको समयलाई अप्टिमाइज गर्नको लागि सधैँ सबैभन्दा आधुनिक दु्रत चार्जिङ प्रविधिको साथ आफ्नो उपकरणको अनुसन्धान र अप्टिमाइज गरेको छ ।
यही मूल्यमा अन्य उत्पादनहरु तुलना गर्दा, जिटी नियो ३ अल्ट्रा–डार्ट १५० वात चार्जिङ टेक्नोलोजीको साथ अधिक शक्तिशाली छ जसले प्रयोगकर्ताहरुले ५ मिनेटमा ०–५०% सम्म चार्ज गर्न सक्छन् र बिना कुने अवरोध हाई स्पीड पर्फमेन्सको आनन्द लिन सकिन्छ । यद्यपी, छिटो चार्ज गर्ने प्रविधिको साथमा, प्रयोगर्ताहरुको लागि सुरक्षा ठूलो चिन्ताको विषय हो, तर जिटी नियो ३ ले यो विषयलाई स्वतन्त्र चार्जिङ चिपद्वारा समाधान गर्न सक्छ जसले जोखिमपूर्ण अवस्थामा प्लग निकाल्दछ । साथै, ३८ सुरक्षा उपायहरु सहित, यो उपकरण टियूभी राईनल्यान्ड द्वारा प्रमाणित छ जसले प्रयोगकर्ताहरुको सुरक्षालाई सशक्त बनाउँछ ।

डाईमेन्सिटी ८१०० मोबाईल प्लेटफर्म र ईन्डिपेनडेन्ट डिस्प्ले चिप
रियलमी जिटी नियो ३ मिडियाटेक डाईमन्सिटी ८१०० मोबाईल प्लाटफर्म द्वारा सञ्चालित स्मार्टफोनहरुको पहिलो फोन हो । TSMC को ५ एनएम निर्माण प्रक्रियामा आधारित, जिटी नियो ३ ले २.८५ गिगाहर्जले मा चार कोर्टेक्स ए७८ कोर टिकिङ र २.० गिगाहर्जमा चार कोर्टेक्स ए५५ कोर टिकिङ गर्दछ, जसले उच्च सीपीयु दक्षता प्रदान गर्न र प्रभावशाली र स्थिर ९० ाउक प्राप्त गर्न सक्छ ।

यसमा ६.७ ईन्च अमोल्ड प्यानल फुल एच्डी + रिज्योलुसनको साथ सुसज्जित हुनेछ । स्क्रिनमा १२० हर्ज को उच्च रिफ्रेस रेट एच्डीआर + ले प्रमाणित छ । जिटी नियो ३ ले सीओपी प्याकेजिङ प्रक्रियाको नयाँ उत्पादन प्रयोग गरेको छ, जसले भविष्यका उत्पादनहरुमा अजष्ल लाई अझ छोटो बनाउन सक्छ । नतिजाको रुपमा, जिटी नियो ३ को स्क्रिन टु बडी अनुपात अल्ट्रा–न्यारोे बेजेलहरुसँग ९४.२% छ ः १.४८ साईडमा, १.८४ माथि र २.३७ तल । ं
यसबाहेक, ग्राफिक्स र तस्बिरहरु अविश्वसनीय रुपमा स्पष्ट र उच्च गुणस्तरको देखिनेछन् । विशेष रुपमा, चिप र एल्गोरिदम मार्फत बस्तु गतिको प्रक्षेपण अनुमान गरिएको छ । दुई फ्रेमहरु बीच एक गति क्षतिपूर्ति फ्रेम थपिएको छ, जसले चित्रको सहजतामा सुधार गर्दछ । माथिको स्पेसिफिकेशनको साथमा, जिटी नियो ३ एक समर्पित फोन बन्न सक्षम स्मार्टफोन भन्दा बाहिर छ जुन गेमरहरु र स्ट्रिमरहरुका लागि पनि उपयुक्त छ ।

विशेष स्ट्रीट फोटोग्राफी मोडको साथ वाइड –एङ्गल ट्रिपल क्यामेरा
रियलमी जिटी नियो ३ ट्रिपल क्यामेरालृ सुसज्जित छ , जसमा रियर क्यामेराले ५० एमपी रिज्योलुसनको साथ सोनी IMX766 सेन्सर प्रयोग गर्दछ । अन्य दुई क्यामेराहरु ८ एमपी रिजोलुसन भएको अल्ट्रा वाइड लेन्स र २ एमपी को रिजोलुसन भएको म्याक्रो लेन्स हुन् । तसर्थ, प्रयोगकर्ताहरुका लागि यो सजिलो छ, फोटोग्राफी एमेच्योर र पेशेवरहरु दुवैले परिवार र साथीहरुसँग स्मरणीय क्षणहरु बनाउन र जीवन्त तस्बिरहरु खिच्न सक्छन् । यी माथिका सुविधाहरुको साथमा, जिटी नियो ३ प्राविधिक प्रेमीहरु, विशेषगरी युवा प्रयोगकर्ताहरुका लागि अनिवार्य उपकरण सावित भएको छ । मोबाईलले शीर्ष आधुनिक प्रविधिहरु र फेसनेबल डिजाईनहरु प्रदान गर्दछ जसले तिनीहरुलाई प्रिमीयम उपकरण मात्र नभई भविष्यको लागि ट्रेडिङजीवनशैली बनाउँछ ।

रियलमी जिटी २ प्रो

गो प्रिमियम रणनिति र विस्तार योजनाहरुका साथ रियलमी उद्योगमा नयाँ अवरोधहरु ल्याउन र धेरै माईलस्टोहरुका साथ नयाँ उचाई मापन गर्न केन्द्रित छ । रियलमी जिटी २ प्रो टेक्नोलोजी देखि डिजाईन र सामग्री सम्मका सबै प्रिमियम सुविधाहरुलाई रुपान्तरण गर्दै, तयो दिशातर्फको एक कदम हो । हाई –ईन्ड स्मार्टफोन बजारमा बाधा पु¥याउने रियलमीको प्रयासहरुलाई दोहो¥याउँदै ।

डिजाईन

रियलमीले विश्व प्रसिद्व डिजाईनर ‘नाओतो फुकासावासँग’पुनः उद्योग पहिलो बायो आधारित बायो– पोलिमर डिजाईन सर्जिनजा गर्न सहकार्य गर्दछ, जुन कागज कलाको दिगो अवधारणामा आधारित छ । ६३ प्रोटोटाइपहरुसँग १२ महिनाको अनुसन्धान पछि, अन्तिम रियलमी जिटी २ प्रो भेरियन्टहरुमा अत्याधुनिक शिल्प कौशल र ०.१ मिमी लेजर नक्काशी प्रक्रिया समावेश गर्यो ।

प्रतिक्रिया