सोमबार, पुष ७, २०८२

कांग्रेस नेता सिंहले भने- निर्वाचन परिणामपछि गठबन्धन फुटाउने प्रयास हुँदै छ

नेपालखोज २०७९ असार ४ गते २३:३३

काभ्रे । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धनमा जानु परेको बताएका छन् । काभ्रेमा शनिबार आयोजित कार्यक्रममा उनले काँग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने दाबी गरे ।

निर्वाचित जन प्रतिनिधिलाई उनले पार्टीका कमिटीसितको छलफल र सुझाव लिएर मात्र काम गर्न आग्रह गरे । पार्टी कमिटीले पनि निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता सिंहले स्थानीय निर्वाचनको परिणाम पछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको दाबी पनि गरे । अहिले एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भैरहेको समेत उनको भनाइ थियो ।

प्रतिक्रिया