सोमबार, पुष ७, २०८२

एनएमबि बैंकले ल्यायो मुद्दतीमा डब्बल प्रतिफलको योजना

नेपालखोज २०७९ असार ५ गते १२:१२

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकका लागि आकर्षक मुद्दती योजना एनएमबि डबल मुद्दती र एनएमबि जन्मभूमि डबल मुद्दती सार्वजनिक गरेकोे छ ।

एनएमबि डबल मुद्दती योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, एनएमबि जन्मभूमि डबल मुद्दती योजनामा नेपालीहरूले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकले आफ्नो मुद्दती रकमको ९० प्रतिसतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशत सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ । एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया