शनिबार, वैशाख १३, २०८२

राष्ट्र बैंकद्वारा पुनः २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ असार ५ गते १४:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असार ७ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीहरूमध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने कुल २५ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरीमध्येमा पुरानो नवीकरणअन्तर्गत २० अर्ब ५३ करोड र नयाँ पाँच अर्ब रुपैयाँबराबरको छ । यसअघि यही जेठ ३० गते राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया