मोटरसाइकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।
हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मी सडक खण्डबाट बास्तविक नम्बर परिवर्तन गरी वाग्मती प्रदेश–०२–०१५प४४०० नम्बरको सेतो २००सीसीको पल्सर मोटरसाइकल चलाई रहेको अवस्थामाजिल्ला मकवानपुर थाहा न.पा.–११ घर भई हाल कलंकी बस्ने वर्ष २३ को प्रताप तामाङ्गलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर नम्वर वाग्मती प्रदेश–०२ – ०१२ प ८२०६रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको मोटरसाइकल झुलपोखरी मच्छेगाउँ थानकोटबाट हराएको भनी विविध बिष्टले हिलियासहित यस कार्यालयमा निवेदन दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि प्रहरी बृत्त थानकोटमा पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाइरहेको छ ।








प्रतिक्रिया