सोमबार, पुष ७, २०८२

नबिल बैंकका ग्राहकलाई कतार एयरवेज टिकट खरिदमा १० प्रतिशत छुट

नेपालखोज २०७९ असार ५ गते २१:५०

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुने बैंकले  जनाएको छ ।  

उक्त गन्तव्ययमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने सम्झौता भएको बैंकले जनाएको छ । यो छुट २०७९ असार १७ गतेबाट लागु हुने छ ।

सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया