इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढ्यो !
नेपालखोज
२०७९ असार ६ गते १४:५५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भाउ बढाएसँगै भाडा पनि बढाएको हो ।
इन्धनको मूल्यवृद्धिसँगै विभागले स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ गर्दै आएको छ । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भए स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुने गरेको छ ।
विभागले आज (सोमबार) देखि लागु हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत भाडा बढाएको हाे ।
यस्तै विभागले पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव ७ प्रतिशतले भाडा बढाएको निगमको सूचनामा उल्लेख छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागु हुने भएको छ ।
सम्बन्धित








प्रतिक्रिया