आईएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तै– प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टन तथा अप्थोमोजिकल प्रोडक्टमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
सोही अवसरमा स्टिम सेन्टर बाटप्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसैगरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरूसमेतमा १५ प्रतिशतसम्मको छुटप्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।








प्रतिक्रिया