आइतबार, पुष ६, २०८२

अजोड इन्स्योरेन्सद्वारा घुम्ती सेवा सञ्चालन

नेपालखोज २०७९ असार ६ गते १६:५१

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती सेवा सञ्चालन गरेको छ । कम्पनीका अनुसार यही जेठ २८ गते गुल्मीको इश्मा गाउँपालिका १ को वडा कार्यालयमा घुम्ती बिमा सेवा तथा स्थानीय निकायसँग अन्तर्क्रिया गरेको छ ।

घुम्ती सेवाबाट बिमाशुल्क रकम आठ लाख ८१ हजार सात सय ५० रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ । सो अवसरमा इश्मा गाउँपालिका १ का वडाध्यक्ष शेरबहादुर कुँवरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेल र मानव संसाधन तथा प्रशासन प्रमुख प्रेमराज पाण्डेले कृषि बिमाको अर्थ, महत्त्व तथा प्रभावकारिताबारे प्रस्ट पारेका थिए ।

कार्यक्रममा सो वडाका वडासदस्यहरु तथा स्थानीय कृषकको उल्लेख्य उपस्थिति थियो । साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरूसमेत कार्यक्रममा सहभागी थिए ।

यसैगरी उक्त कम्पनीले बिमा समितिको स्वीकृतीमा यही जेठ २९, ३० र ३१ गते गुल्मीको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए ।.

तालिममा २३ जना क्षति मूल्यांकनकर्ताको सहभागिता थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको गुल्मीका शाखा प्रमुख सन्तोष न्यौपानेले गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया