शनिबार, वैशाख २७, २०८२

बैंकिङ कसुर मुद्दाका फरार धनबहादुर तामाङ्ग पक्राउ

नेपालखोज २०७९ असार ६ गते १७:२६

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी वडा-४ घर भएका ३५ वर्षीया धनबहादुर तामाङ्ग रहेका छ । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) का अनुसारर बैंकिङ कसुरको अभियोगमा फरार प्रतिवादी तामाङ्ग चितवनको खैरहनीबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार प्रतिवादी तामाङ्ले पर्याप्त मौज्दात रकम नभएको कुमारी बैंक लिमिटेड, सौराहामा रहेको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी फरार भइको थियो । २०७५ भदौ १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसुर मुद्दामा प्रतिवादीलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू भई फरार रहेका तामाङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङलाई आज नैं फैसला कार्यान्वयनको लागि सोमबार नैं चितवन जिल्ला अदालतमा पेश गरेको गरेको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया