आइतबार, पुष ६, २०८२

एनएमबि बैंकको ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

नेपालखोज २०७९ असार ६ गते १७:२६

काठमाडौं । एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने सम्झौता भएको छ । सम्झौता अनुसार बंैकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ अभियानअन्तर्गत नगद सहितबाट नगदरहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक दी फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफदिइयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दिइयर नेपाल प्राप्त गरी सकेको छ ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया