आइतबार, पुष ६, २०८२

धितोपत्र बोर्डले भन्याे- सेयर बजार निरन्तर घट्नुकाे मुख्य कारण राष्ट्र बैंकले लिएको ४/१२ को नीति

नेपालखोज २०७९ असार ७ गते २०:४४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण सेयर बजार निरन्तर घटेको बताएका छन् । 

मंगलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा सेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताएका हुन् । 

पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष हमालले सेयर बजारमा विश्वभरि नै समस्या देखिएको भए पनि नेपालको हकमा भने राष्ट्र बैंककै नीति प्रमुख कारण भएको बताए ।

अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताए । उनले  आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताए । 

प्रतिक्रिया