आइतबार, पुष ६, २०८२

दुवै पक्षबीच भएको वार्तामा पछि वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, उडान नियमित

नेपालखोज २०७९ असार ८ गते ७:११

काठमाडाैं । वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन् । यससँगै उडान नियमित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायु सेवा सञ्चालकहरूले उडान नभर्ने घोषणा गरेका थिए ।

तर, दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन् ।

प्रतिक्रिया