ग्लोबल आईएमई बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटहीको सुविधा दिने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीलाई विदेशी मुद्रा (साउदी रियालसमेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले हजयात्रीको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामंगल शाखा कार्यालयहरूबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । साथै हजयात्रीलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमईले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाका पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।








प्रतिक्रिया