शनिबार, वैशाख ८, २०८१

कामना सेवा विकास बैंकद्वारा चाडपर्व अफर सार्वजनिक

नेपालखोज २०७९ असोज १० गते १९:४९

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोन पे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ ।

यो योजना अनुसार बैंकले आफ्ना फोन पे क्युआर ग्राहकहरुलाई यही असोज नौं गते देखि लागु हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्ने छ ।

‘यस चाडपर्व लाईफ इजी बनाऔं, नगद छोडौं फोन पे गरौं’ भन्ने नाराका साथ क्यु आर ग्राहकहरुले क्यु आर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैंयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् । साथै फोन पेबाट क्युआर आईबिएफ्टी तथा अनलाईन पे मेन्ट गर्दा ग्राहकहरुले हरेक दिन एक लाख जित्न सक्ने छन् ।

साथै फोन पे क्यु आरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्ट फोन जित्न सक्ने छन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोन पे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एसेप्ट गर्नुपर्ने छ ।

प्रतिक्रिया