आइतबार, पुष ६, २०८२

छोरी-ज्वाइँलाई बिमा कोसेली

नेपालखोज २०७९ असार ८ गते १८:१४

काठमाडौं । आमा–बुबाका लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरूको पालनपोषन, शिक्षादिक्षा, विवाह, व्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।

छोरा–छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफूले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी–ज्वाइँलाई उपहार स्वरूप जीवन बिमा गरिदिएकी छिन् । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी–ज्वाइँ, पूजा रेग्मी र सुझाव आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बिमा गरिदिएकी हुन् ।

कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बिमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञबहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुँदा सबैलाई जीवन बिमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माइतीघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी–ज्वाइँ दुवैको बिमा गरिदिएको कुरा उनले व्यक्त गरे ।

बिमाले जोखिम बहन गर्नुका साथै भविष्यका लागि बचत पनि हुने भएकाले दुलही अन्माउँदा बिमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बिमाको महत्त्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वस्त रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ती पक्षले बताएका छन् ।

प्रतिक्रिया