विश्वकै पहिलो ठूलो टीभी ब्रान्ड बन्यो टीसीएल

काठमाडौं । नयाँ आयाम र उत्पादनहरूको डिजाइन थप्न सधैं अग्रसर टीसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टीभी डिजाइन एन्ड फिचर्स ट्र्याकर रिपोर्टले टीसीएल ग्लोबल नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड प्रमाणित गरेको छ । टीसीएल ब्रान्ड उपभोक्तामाझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ ।
ओम्दिया ग्लोबल टीभी डिजाइन एन्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाखवटा स्मार्ट टीभी सिपमेन्ट भएको थियो । त्यसमध्ये सात करोड ३२ लाखवटा एन्ड्रोइड स्मार्ट टीभीको सिपमेन्ट भएको थिए । जसको २० दशमलव सात टीभी यानी एक करोड ५१ लाखवटा टीसीएलको टीभीको सिपमेन्ट भएको थियो । जसले टीसीएललाई मार्केट सेयरका आधारमा ग्लोबल नम्बर १ एन्ड्रोइड स्मार्ट टीभी ब्रान्ड बनाएको छ ।
टीसीएल ब्रान्डले नेपाली बजारमा छोटो समयमै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ इन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरूमा उपल्ब्ध टीसीएल ब्रान्डले नेपालमा क्यूलेड फोरके, फोरके यूएचडी, कर्भड स्मार्टका साथै गुगल टीभी पनि भित्र्याएको छ । ग्राहकहरूको उच्च रोजाइ बन्न सफल भएको टीसीएल ब्रान्डले आफ्ना टीभीहरूमा तीन वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
नेपालमा टीसीएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरणहरू चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सको ईओएलमार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सन्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुरको राधे–राधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।








प्रतिक्रिया