आइतबार, पुष ६, २०८२

टीभीएसको ३ राइड मोड भएको अपाच्चे आरटीआर १६० फाेरभी नेपालमा सार्वजनिक

नेपालखोज २०७९ असार १० गते ६:४२

काठमाडौं । जगदम्बा मोटर्सले टीभीएसको ३ वटा राइड मोड उपलब्ध भएको अपाच्चे आरटीआर १६० फाेभीको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीबार उक्त नयाँ आरटीआर १६० ४भी आरटीएफआई तथा युरो ६ मापदण्ड भएको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

सो मोटरसाइकलको युरो ६ मापदण्ड भएको मोडलमा यस वर्गमै पहिलो र सबै भन्दा उत्कृष्ट ३ राइड मोडमा उपलब्ध हुने बम्पनीले जनाएको छ । यसमा उपलब्ध हुने तीनवटा राइड मोडहरुमा रेन, अर्वन र स्पोर्ट रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछन् ।

यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ । यसैगरी यस मोटरसाइकलको अर्को पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त युरो ६ मापदण्डसहितको इन्जिन रहेको छ ।

यसैगरी यस मोटरसाइकलको अर्को पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त युरो ६ मापदण्डसहितको इन्जिन रहेको छ । आरटीएफआई भनेको फ्युल इन्जेक्सन प्रणालीले इलेक्ट्रोनिक कम्पोनेन्ट र सेन्सरहरूको कम्प्लेक्स सेट समावेश गर्ने टेक्नोलोजी हो ।

यो प्रणाली इन्धनको प्रवाह नियन्त्रण गर्न इन्धन पम्पमा निर्भर हुन्छ । यो इन्धन पम्प बाइकको इन्धन ट्याङ्कीभित्र रहेको छ । आरटीएफआई टेक्नोलोजीयुक्त इन्जिनले माइलेजमा वृद्धि गर्छ भने युरो ६ मापदन्डको इन्जिन वातावरणमैत्री हुन्छ ।

यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लेन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । यसले यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने कम्पनीले दावी गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ यो बाइकको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया