गण्डकी र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । यस्तै, पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको विभागले जनाएको छ । अहिले देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखी पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि समानाय बदली रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा वर्षा भइरहेको विभागले जनाएको छ ।
त्यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
त्यसैगरी, आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिक्रिया