सुनचाँदीकै मूल्य घट्यो
नेपालखोज
२०७९ असार १० गते ११:५२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित







प्रतिक्रिया