बिहीबार, वैशाख १३, २०८१

घृणास्पद अभिव्यक्तिको सामना गर्न एकजुट हुन सरोकारवालाको जोड

नेपालखोज २०७९ असार १० गते १७:५१

काठमाडौं । समाजमा विद्यमान घृणास्पद अभिव्यक्तिको सामनाका लागि सबै पक्ष एक जुट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पहिलो अन्तर्राष्ट्रिय घृणास्पद अभिव्यक्ति सामना दिवसका अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय र युवालायले राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

सरोकारवालाले एकीकृत पहलबिना घृणास्पद अभिव्यक्तिको नियन्त्रण असम्भव रहेको बताए । इन्टरनेटको बढ्दो प्रयोगसँगै घृणास्पद अभिव्यक्तिका घटनामा बृद्धि भएको उल्लेख गर्दै ईन्टरनेटको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी सचेतना दिनुपर्नेमा पनि सरोकारवालाले जोड दिएका छन् ।

कार्यक्रममा राष्ट्र संघ नेपाल प्रतिनिधि रिचारद हावर्ड, राष्ट्रिय सूचना आयुक्त कमला वली थापा, डिजिटल अधिकारकर्मी सन्तोष सिग्देल, गायिका समृद्धि राई, नेपाल प्रहरी साइबर ब्युरोका निरीक्षक सुरक्षा केसी, क्वेर अधिकारकर्मी सैलि चौधरी र पत्रकार उमेश श्रेष्ठले घृणास्पद अभिव्यक्तिको नियन्त्रण सम्बन्धमा विचार राखेका थिए ।

छलफलमा सहभागी अन्यले पनि कानुनको प्रभावकारी कार्यान्वयन र सचेतनालाई सँगसँगै आगाडी बढाउनु पर्ने कुरामा जोड दिएको युवालायका अध्यक्ष सन्तोष महर्जनले बताए । तीन बर्ष अघिको घृणास्पद अभिव्यक्तिको सामनाका लागि राष्ट्र संघिय राणनिती तथा कार्ययोजना लागु भएको मितिको सम्झनामा संयुक्त राष्ट्र संघले यसै वर्षदेखि जुन १८ लाई घृणास्पद अभिव्यक्ति सामना दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया