बुधबार, वैशाख १२, २०८१

डक एन्ड डोरिस नामक नयाँ रेष्टुरेन्ट साहुकाजी छेंमा

नेपालखोज २०७९ असार १० गते १८:२६

काठमाडौं । राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन)मा शुक्रबारदेखि डक एन्ड डोरिस नामक नयाँं रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे । काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

सिंहदरवारको उतरपटीको पुतलीडकको किनारामा रहेको पहिलो तल्लाको साहुकाजी छेंमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टको भुई तल्लामा पुस्तक पसल रहेको छ । माथिल्लो तल्लामा गोर्खा इको प्यानलको काठमाडौं शाखा कार्यालय रहेको छ । डक एन्ड डोरिस रेष्टुरेन्ट प्रालिका प्रबन्धक निरज मानन्धरले रेष्टुरेन्टमा बिहानको ब्रेकफाष्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रुपमा स्वस्थ अनि सस्तो सेवा रहेको उहाँ बताउँछन् ।

‘सामान्यतया साधारण रेष्टुरेन्टमा भन्दा हामी सस्तोमा सेवा दिन्छौं, उनले थपे, ‘सस्तो भन्दा पनि स्वस्थकर खाना हाम्रो पहिलो प्राथमिकता हो’ । मासुहरु जहाँपायो त्यहीबाट नकिनेर विशेष स्थान जहाँं आइएसओ सर्टिफाइ छ, त्यस्ता ठाउँंबाट मात्र मासुलागयतका खाद्यान्न किनेर तयार पारिने उनको भनाई छ ।

रेष्टुरेन्टको नाम अथ्र्याउँदै उनी रेष्टुरेन्टको नाम स्कटल्याण्ड देशका स्कटिस भाषाबाट राखेको बताउँछन् । उनका अनुसार स्कटिस भाषामा डक एण्ड डोरिसको अर्थ कुनै एक क्षणमा छुटिने बेलाको अन्तिम ड्रिक्स हो । काठमाडौं उपत्यकामा भोजभटेर वा ग्याडरिंगमा छुटिने बेलामा अलिकति भए पनि पिउने चलनलाई आत्मसाथ गरी रेष्टुरेन्टको नाम छनौट गरेको उनको भनाई छ ।

प्रतिक्रिया