बिहीबार, वैशाख १३, २०८१

सप्तकोसीमा डुंगा दुर्घटना, एकजना बेपत्ता

नेपालखोज २०७९ असार ११ गते १९:२२

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा आज डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चार जना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका विष्टको खोजी भइरहेको छ । गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन् ।

प्रतिक्रिया