शनिबार, असार ७, २०८२

सुनचाँदीकै मूल्य सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ असार १२ गते १०:५२

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि एक सय रूपैयाँले बढेर आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २४० रूपैयाँमा काराेबार भएकाे विभागले जनाएकाे छ ।

प्रतिक्रिया