राष्ट्रपति भण्डारीले गरिन् अस्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त
नेपालखोज
२०७९ असार १२ गते १९:५३

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित








प्रतिक्रिया