व्यवहार वैज्ञानिक डा. साहनीले भने- विद्यार्थीलाई सानैदेखि व्यवहारजन्य शिक्षा दिइनुपर्छ

काठमाडौं । भारतका प्रशिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा. सन्जीव पी. साहनीले विद्यार्थीमाझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिबृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने कुरामा जोड दिएका छन् ।
काठमाडौंमा पत्रकारसँग भेटघाट गर्दै कम्पिटेन्सी म्यापिङ प्रविधिमार्फत विद्यार्थीहरूबीच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमताहरू अभिबृद्धि गर्नुपर्नेमा डा.साहनीले जोड दिए । यसैगरी विद्यार्थीहरूको शैक्षिक प्रदर्शन, भावनात्मक संतुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहारसम्बन्धी स्टुमुलाइले प्रभाव पार्छ भन्ने सम्बन्धमा पनि उनले व्याख्या गरेका छन् ।
‘विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरूले विकास गर्नुपर्ने मुख्य दक्षताहरू पहिचान गर्न आवाश्यक छ’, डा. सहनीले भने, ‘यो सबै विद्यार्थीको टीमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमताजस्ता क्षेत्रहरूमा उनीहरूको कौशलता पहिचान गर्ने र तिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कु्रासँग सम्वन्धित छ ।’
पछिल्लो समय अन्वेषक र व्यवहार वैज्ञानिक डा. सहनीलगायत वैज्ञानिकहरूले विद्यार्थीहरूको कार्यसम्पादन मापनका लागि एक मुख्य तत्वका रूपमा दक्षता पहिचान गर्नुपर्ने कुरामा विशेष ध्यान केन्द्रित गरेका छन् । डा. सहनीले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्यसम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल तालिम, ध्यान, स्पिड रिडिङ् र मेमोरी गेमजस्ता उपाय प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया