शुक्रबार, पुष ४, २०८२

दी क्लिफमा स्काई ग्लाइडिङ, शुल्क कति ?

नेपालखोज २०७९ असार १३ गते १५:१५

कुश्मा । विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको दी क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काई ग्लाइडिङ’ सञ्चालनमा आएको छ ।

स्काई ग्लाइडिङका लागि करिब सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ । एउटा टावरबाट अर्को टावर जान तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुन्डिँदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ ।

टावरमा समानान्तर दुई डोरी भएकाले एकैपटकमा दुईजना सँगै खेल्न सकिन्छ । स्काई ग्लाइडिङ खेल्न प्रतिव्यक्ति १२ सय रुपैयाँ लाग्ने बताइएको छ । उक्त शुल्कमा सेवाग्राहीले थ्री-सिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियोसमेत प्राप्त गर्नेछन् ।

एड्भेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उद्देश्यले स्काई ग्लाइडिङ सञ्चालनमा ल्याएको दी क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउँछन् ।

बन्जीको र स्विङका लागि प्रख्यात दी क्लिफमा अहिले ११ साहसिक खेल सञ्चालनमा छन् । स्काई क्याफे, हर्स राइडिङ, स्काई चियर, फ्यामिली पिङ, वसिङ ह्यान्ड, क्रेबी ब्रिज, जाइन्ट पिङ निकै लोकप्रिय छन् ।

स्काई ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ साहसिक खेल सञ्चालनमा रहने कार्की बताउँछन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गरिएको र भविष्यमा अन्य गतिविधिसमेत थपिने कार्कीको भनाइ छ ।

प्रतिक्रिया