अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा ई-सेवाको विशेष अफर, बिमाशुल्क भुक्तानी गर्दा २ सय रूपैयाँ क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत मंगलबार (अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस) का दिनमा दिउँसो १२ बजेदेखि २ बजेसम्म ई-सेवामार्फत जीवनबिमाको बिमाशुल्क भुक्तानी गर्दा दुई सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी जीवन बिमा कम्पनीमा गई सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ ।
यसैगरी यसरी ई-सेवामार्फत भुक्तानी गर्दा ई-सेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । ई-सेवाले बिमितहरूले घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बिमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा ई-सेवाबाट कुनै पनि जीवन बिमा कम्पनीको बिमाशुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बिमितको बिमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।
यसैगरी योजना सञ्चालन अवधिभर बिमा शुल्क भुक्तानी गर्नेहरूमध्येबाट हरेक दिन एकजनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना नेपालमा सञ्चालिन सबै बिमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । ई-सेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।
ई-सेवाले हाल एन्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । ई-सेवाले नेपालका सुविधा-सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
ई-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । ई-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।








प्रतिक्रिया