शनिबार, जेठ ५, २०८१

नेप्सेमा ११ अंकको गिरावट, एक अर्ब पाँच करोडको कारोबार

नेपालखोज २०७९ असार १४ गते १५:३७

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन २३ दशमलव ८५ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि ११ दशमलव ८२ अंकले घटेर १९ सय २१ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले घटेर तीन सय ७२ दशमलव ६० अंकमा झरेको छ ।

दुई सय ३० कम्पनीको २३ हजार एक सय ३२ पटकको कारोबारमा ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार चार सय ७२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा दुईवटाको सूचक बढेर बाँकी ११ वटा समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २९ अंकले बढेर १३ सय ४० दशमलव ८९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ९६ दशमलव नौ अंकले बढेर नौ हजार पाँच सय ४९ दशमलव ६० अंकमा चढेको छ ।

यीबाहेक विकास बैंक समूहको सूचक भने ४३ दशमलव ८३ अंकले घटेर तीन हजार एक सय ९२ दशमलव २६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ३६ दशमलव १३ अंकले घटेर दुई हजार ९९ दशमलव १७ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि २२ दशमलव चार अंकले घटेर १३ सय ७९ दशमलव ९३ अंकमा झरेको छ । यस्तै निर्जीवन बिमा समूहको सूचक एक सय नौ दशमलव ९६ अंकले घटेर सात हजार सात सय १७ दशमलव ९५ अंकमा झरेको छ ।

यसैगरी ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय ७१ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै लक्ष्मी इक्विटी फन्डको प्रतियुनिट सेयर मूल्य भने पाँच दशमलव ७१ प्रतिशतले घटेर नौ रुपैयाँ ३८ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्र्रतिकित्ता पाँच सय ७७ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ३१ लाख ३३ हजार दुई सय ५६ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया