शनिबार, वैशाख १५, २०८१

सोमबार १३.५८ अंक बढेको बजारमा ९५ करोडभन्दा बढीको कारोबार, जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक कमाए

नेपालखोज २०७७ कार्तिक ३ गते १५:३२

काठमाडौं । सोमबार शेयर बजार १३ दशमलव ५८ अंक माथी उक्लिएको छ । आइतबार ५ दशमलव ६६ अंक घटेर १ हजार ५५६ दशमलव ८० विन्दुमा बन्द भएको बजार सोमबार १ हजार ५५६ दशमलव ८६ विन्दुदेखि खुला भएको थियो । यो दिन बजार १ हजार ५७० दशमलव ३८ विन्दुमा बन्द भएको हो । परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंक बढेर ३१० दशमलव ८९ विन्दुमा पुगेको छ ।

सोमबार बढेको बजारमा कारोबार रकम भने एक अर्ब रूपैयाँ भन्दा मुनिको भएको छ । यो दिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार रूपैयाँ बराबरको ३२ लाख ६७ हजार कित्ता शेयर कारोबार भएको हो । सोमबार सर्वाधिक रकमको शेयर कारोबार अपि पावरको भएको छ । कार्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद विक्री गर्न लागेको अपि पावरको सोमबार ४ करोड २ लाख ५३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार गरेको अपि पावरको शेयरमूल्य पनि सोमबार ९ दशमलव ६३ प्रतिशत बृद्धि भएको छ ।

अपि पावरसँगै सोमबार पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । यो दिन सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमध्य पहिलो नम्बरमा जनरल इन्स्योरेन्स रहेको छ । जनरल इन्स्योरेन्सको ९ दशमलव ९० प्रतिशतले शेयरमूल्य बृद्धि भई अन्तिम मूल्य ४४४ रूपैयाँ कायम भएको हो । त्यस्तै सोमबार युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशत बढेर अन्तिम मूल्य १२३ रूपैयाँ, घलेम्दी हाइड्रोको ९ दशमलव ७३ प्रतिशत बढेर अन्तिम मूल्य १२४ रूपैयाँ र दिव्यश्वरी हाइड्रोको ९ दशमलव शून्य १ प्रतिशत बढेर अन्तिम मूल्य १२१ रूपैयाँ पुगेको हो ।

सोमबार बजार बन्द हुदाँ व्यापारिक समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी समूहको बढेको छ । जलविद्युत समूहको सर्वाधिक ३ दशमलव ३१ प्रतिशतले यो दिन परिसूचक बढेको हो । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ६२ प्रतिशत, होटलको शून्य दशमलव ८२ प्रतिशत, विकास बैंकको १ दशमलव ५ प्रतिशत, वित्तको १ दशमलव ९८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव ७५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४२ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३७ प्रतिशत परिसूचक बढेको हो ।

प्रतिक्रिया