बिहीबार, पुष ३, २०८२

शैक्षिक योग्ताको प्रमाणपत्र किर्ते गर्ने तिमिल्सिना प्रहरीको फन्दामा

नेपालखोज २०७९ असार १४ गते २२:५१

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका १३, कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट किर्ते गरी २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास बोर्डमा पेस गरेको पाइएपछि उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया