कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियाका नागरिक पक्राउ
नेपालखोज
२०७९ असार १५ गते २०:४२

काठमाडौं । कोरियन नागरिक राहदानी नम्बर एम ८२६२०३६१ वाहक ५५ वर्षीय जङ जुन जनलाई करिब ७ सय १६ ग्राम कस्तूरीको बिनाजस्तो देखिने धुलो पदार्थसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा जङले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको २ पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया