शुक्रबार, वैशाख १४, २०८१

टीकाथलीमा खुल्यो ज्योति विकास बैंकको नयाँ शाखा

नेपालखोज २०७९ असार १५ गते २१:२४

काठमाडौं । ज्योति विकास बैंकले बुधबार ललितपुरको टीकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

टीकाथली शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेका हुन । उद्घाटनमा बैंकका सञ्चालक समिति सदस्य, पदाधिकारी, कर्मचारी, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीको पनि उपस्थिति थियो । साथै, ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजैदेखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा उद्घाटनका अवसरमा बैंकले टीकाथली शाखाका ग्राहकका निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।

प्रतिक्रिया