मंगलबार, चैत ६, २०८०

के तपाईंलाई रिस उठ्छ ? यसरी गर्नुस् नियन्त्रण !

नेपालखोज २०७९ असार १६ गते ५:०३

तपाईंलाई पनि सानो सानो कुरामा रिस उठ्छ र तपाईंलाई आफ्नो नियन्त्रण छैन भने, हामी तपाईंलाई बताउन चाहन्छौं कि रिसाउनु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । तपाईंको यो क्रोध तपाईंको लागि मात्र हानिकारक हुन्छ, जसको कारण तपाईंलाई स्वास्थ्य सम्बन्धी धेरै समस्याहरु पनि सामना गर्नुपर्ने हुन्छ । जुन कुरामा तपाईं रिसाउनुहुन्छ, त्यही कुरालाई शान्तिपूर्वक समाधान गर्न सकिन्छ ।

किन रिस उठ्छ
मानिस भित्र रहेका ग्रहका कारण पनि क्रोध उत्पन्न हुनेगर्छ । यदि कुनै व्यक्तिको कुंडलीमा सूर्य र चन्द्रमा, मंगल एक-अर्कासँग जोडिएको छ भने त्यस व्यक्तिलाई बढी रिस उठ्छ ।

रिसलाई यसरी नियन्त्रण गर्नुहोस्
ज्योतिषशास्त्रका अनुसार यदि तपाईंलाई धेरै रिस उठ्यो भने चन्दनको प्रयोग गर्नुहोस् । यसको प्रयोगले राहु दोषबाट मुक्ति मिल्छ र क्रोध पनि शान्त हुन्छ ।

-क्रोध शान्त गर्न हनुमानजीको पूजा गर्नुहोस् र हनुमान चालिसाको पाठ पनि गर्नुहोस् ।
-राति चन्द्रमालाई अर्घ्य दिनुहोस् । यसो गर्दा रिस पनि शान्त हुन्छ ।
-चाँदीको औंठी वा लटकनमा ठूलो साइजको वास्तविक मोती लगाउनुहोस् ।
-घरमा बिहान र बेलुका पूर्व दिशामा दियो बाल्नुहोस्। यो उपायले रिस कम हुन्छ ।
-सूर्यदेवलाई हरेक दिन नियमित जल चढाउनुपर्छ ।
-रिस नियन्त्रण गर्न हरेक दिन ठूलाको आशीर्वाद लिनुहोस् ।
-रिसबाट टाढा रहन कम्तीमा रातो रंग प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया