शुक्रबार, चैत १६, २०८०

इजरायलको रोजगारी पुनः खुल्यो

नेपालखोज २०७९ असार १६ गते ७:३४

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ ।

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गरेका थिए ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसईसी ) सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया