शनिबार, असार ७, २०८२

सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदै कारोबार ?

नेपालखोज २०७९ असार १७ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सयले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ३ सयले घटेको छ । आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९७ हजाज रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया