शनिबार, जेठ ५, २०८१

नेप्सेमा आठ अंकको गिरावट, दुई घण्टामा १ अर्ब ४५ करोडको कारोबार

नेपालखोज २०७९ असार १७ गते १३:४२

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने घटेको छ । नेप्से नियमित कारोबारका लागि आज दुई घण्टा मात्र खुला भएकामा आठ दशमलव ८७ अंकले घटेर दुई हजार २८ दशमलव ७७ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले घटेर तीन सय ८८ दशमलव ६२ अंकमा झरेको छ ।

दुई सय २० कम्पनीको २८ हजार आठ सय ६४ पटकको कारोबारमा ३६ लाख ६३ हजार एक सय १० कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमा कुल कारोबार रकम एक अर्ब ४५ करोड ९३ लाख एक हजार तीन सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा फाइनान्स र लुघवित्त समूहको सूचक क्रमशः सात दशमलव १२ र २९ दशमलव ४८ अंकले बढेका छन् भने बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ३२ अंकले घटेर १३ सय ७२ दशमलव २३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक भने ४९ दशमलव ३४ अंकले घटेर ३४ सय ८८ दशमलव ७५ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ११ दशमलव २२ अंकले घटेर २२ सय ७६ दशमलव ४५ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक ३३ दशमलव ८५ अंकले घटेर नौ हजार नौ सय ३५ दशमलव ६६ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक १८ दशमलव २६ अंकले घटेर आठ हजार दुई सय ७४ दशमलव ७१ अंकमा पुग्दा होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्त्य, सामूहिक लगानी र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरूमध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १२ सय २३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७७ प्रतिशतले घटेर तीन सय ८९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ६८ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ५७ लाख ४७ हजार आठ सय ९३ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया