बुधबार, पुष २, २०८२

सेन्चुरी र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता, १० प्रतिशतसम्म छुट पाइने

नेपालखोज २०७९ असार १७ गते १४:०२

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

सेन्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पतालबीच विभिन्न सेवा-सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपीडी टिकट, ल्याब शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जनरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याबिन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरे ।

सेन्चुरीका १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया