राष्ट्रप्रमुखको सहभागितामा पहिलोपटक रथयात्रा,राष्ट्रपति भण्डारीले गरिन् अवलोकन
नेपालखोज
२०७९ असार १७ गते १४:५५

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताइन् ।
पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिइन् । सामान्य कार्यक्रम गरेर विगतका वर्षहरुमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहर परिक्रमा गरी साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने बताइएको छ ।
सम्बन्धित








प्रतिक्रिया