बुधबार, पुष २, २०८२

चेम्बरले नवनियुक्त राजदूत श्रेष्ठलाई भन्याे- चीनसँगको व्यापार सहजिकरणका गरिदिनू

नेपालखोज २०७९ असार १७ गते २०:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई नेपाल चीन व्यापार सहजिकरण गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । चेम्बरका पदाधिकारीले आज चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

श्रेष्ठसँग भएको भेटका क्रममा नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिएका छन् । नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए ।

ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाई नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल चीन वीच केरुउ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराए ।

सीमानाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । चिनियाँ नागरिकहरुको बिश्व भ्रभण गर्ने प्रवृति वढदै गइ रहेको सन्र्दभमा त्यसको फाईदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरे । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रबिधि हस्तान्तरणको लागि पहल गर्न समेत अध्यक्ष मल्लले जोड दिए ।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पु¥याउन आफुले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया