बुधबार, पुष २, २०८२

कैलालीका बाढी पीडित किसानलाई राहत रकम हस्तान्तरण सुरु

नेपालखोज २०७९ असार १८ गते ८:५६

कैलाली । गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।

गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

एक किसानलाई रु ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अहिलेसम्म रु एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम गरिरहेको छ ।

यस्तै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ । टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए ।

प्रतिक्रिया