बुधबार, पुष २, २०८२

बैतडीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

नेपालखोज २०७९ असार १८ गते ९:३३

बैतडी । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा करिब साढे ३ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।

पाटन नगरपालिकाकोे सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट ३४३ लाभान्वित भएका हुन् । सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीका अनमी कविता भट्टले जानकारी दिइन ।
दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरपायकमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच पुर्चौंडी नगरपालिका–१० मा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्चौंडी नगरपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा ३६२ जनाले सेवा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

प्रतिक्रिया